मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०५:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मीका किसानलाई ग्लोबल आइएमईले कर्जा र हेफर इन्टरनेसनलले तालिम दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०५:५६:००

ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ । हेफर इन्टरनेसनलले सहकारीको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्ने उल्लेख छ । 

यो समझदारीले गुल्मी जिल्लाका महिला, सीमान्तकृत तथा पुँजी अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरूको जीवनस्तर उकास्न उल्लेख्य योगदान पुर्‍याउने बैंकले जनाएको छ । यससँगै बैंकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्ने जनाइएको छ ।