Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २४ शुक्रबार ०७:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनाङमा हिउँले अवरुद्ध  सडक सुरक्षाकर्मीले खुलाए

Read Time : > 1 मिनेट
२०७७ पौष २४ शुक्रबार ०७:४५:००

हिमाली जिल्ला मनाङमा मंगलबार भएको हिमपातले अवरुद्ध सडक सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको छ । सडकमा दुई फिटसम्म जमेको हिउँ पन्छाएर सुरक्षाकर्मीले सडक खुलाएका हुन् ।

सशस्त्र र नेपाल प्रहरीको सहयोगमा हिउँ पन्छ्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । बाक्लो हिमपातका कारण मनाङको अपरपिसाङदेखि हुम्देसम्म सडक पूरै अवरुद्ध थियो । बिहीबार हिउँ पन्छाएर सडक सफा गरिएको प्रजिअ लामिछानेले जानकारी दिए । ‘मंगलबारको हिउँले अवरुद्ध भएको करिब १५ सय मिटर सडक सफा गरिएको छ,’ प्रजिअ लामिछानेले भने, ‘माथिल्लो पिसाङदेखि हुम्देसम्म जाने घुम्ती मोड र उकालो सडकमा जमेको दुई फिट हिउँले ढाकेको करिब १५ सय मिटर सडक सुरक्षाकर्मीले सफा गरेका छन् ।’

सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले यातायात सञ्चालन गर्न सकिने अवस्था तयार बनाइएको बताए । ‘विपत् व्यवस्थापन तालिमप्राप्त दक्ष सशस्त्र प्रहरी कर्मचारीहरू जिल्लामा हुन सक्ने विपत् उद्धारका लागि गुल्ममा २४ सै घन्टा तयारी अवस्थामा राखिएको छ ।’ हिउँ पन्छाएपछि सदरमुकाम चामेदेखि अपरमनाङसम्म सवारीसाधन आवतजावत गर्न सहज भएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

चिसोले जनजीवन प्रभावित
हिमपात रोकिए पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । तत्काल हिउँ नपग्लिँदा जनजीवन कष्टकर बनेको पिसाङका छिरिङ गुरुङले बताए । हिमपातका कारण सडक अवरुद्ध भएकाले सशस्त्र प्रहरी बल नेपाल मनाङ गुल्मका प्रमुख डिएसपी होमनाथ पन्थीको कमान्डमा गएको सशस्त्र प्रहरी र नेपाल प्रहरी हुम्देको समन्वयमा हिउँ पन्छाएको हो । 

हिउँले सडक अवरुद्ध भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएर पैदलयात्री र सवारीसाधनलाई हिँड्न सहज बनाइएको मनाङका डिएसपी मेखबहादुर कुँवरले बताए । डिएसपी कुँवरका अनुसार यसपटक उच्च भेगमा बाक्लो हिमपात भए पनि सदरमुकाम चामेलगायत मनाङको तल्लो भेगमा अहिलेसम्म हिमपात भएको छैन । हिमपात नभए पनि तापक्रम माइनसम झरेसँगै खानेपानीका धारामा बरफ जम्न थालेको छ ।