१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ माघ २८ सोमबार ०८:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भलिबल खेल्दाका ४ फाइदा

Read Time : < 1 मिनेट
२०७५ माघ २८ सोमबार ०८:३९:००

भलिबल नेपालको राष्ट्रिय खेल हो । यो नेपालमा १९९० मा भित्रियो । विदेशबाट फर्किएका नेपाली सैनिकले यो खेललाई नेपाल भित्र्याएको  मानिन्छ । देशका विभिन्न भागमा खेल्न थालिएपछि यो बिस्तारै लोकप्रिय बन्दै गयो । हिजोआज त यो देशभर खेलिन्छ ।

१ शरीरमा ऊर्जा 
भलिबल अव्यावसायिक रूपमा पनि खेलिन्छ । खेल्दा रमाइलो पनि हुने भएकाले चाड–पर्वमा समेत खेल्ने गरिन्छ । भलिबल खेल्दा शरीरमा सकारात्मक ऊर्जा मिल्छ । यो खेल जित्नकै लागि खेलिन्छ । यसका लागि खेलमा केन्द्रित हुनुपर्छ । यसरी खेलमै केन्द्रित हुँदा  नकारात्मक सोच आउँदैन । 
२ फिटनेस कायम 
भलिबल खेल्दा पर्याप्त व्यायाम हुने भएकाले शरीरमा फिटनेस कायम राख्न सजिलो हुन्छ । खेलले शारीरिकसँगै मानसिक रूपमा समेत तन्दुरुस्त राख्न मद्दत गर्छ । बच्चाहरूको शारीरिक वृद्धि–विकासमा सघाउ पु-याउँछ । भलिबल खेल्दा उफ्रिने र दौडिनुपर्ने भएकाले क्यालोरीको मात्रा सजिलै घटाउन सकिन्छ । यसले गर्दा मोटोपनजस्ता समस्या दूर भएर जान्छन् ।
३ तनाव व्यवस्थापन
भलिबल खेलेर तनाव व्यवस्थापन गर्न सकिन्छ । मानसिक रूपमा समेत आराम मिल्ने भएकाले खेल दौरान आनन्दित महसुस हुन्छ । शरीरका सबै अंग सक्रिय रहने भएकाले ताजापन महसुस गर्न सकिन्छ ।
४ मांसपेशी मजबुत
नियमित भलिबल खेल्ने मानिसको मांशपेसी बलियो हुन्छ । खेल खेल्दा वा अभ्यास गर्दा पर्याप्त व्यायाम हुने भएकाले स्वस्थ रहन सहयोग पुग्छ । दैनिक भलिबल खेल्नेलाई अन्य व्यायामको आवश्यकता पर्दैन । भलिबल खेलरै स्वस्थ र फिट रहन सकिन्छ ।