मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुरक्षा घेरा तोडेर कंग्रेसभित्र प्रवेश गरेका एक ट्रम्पसमर्थक सभामुख न्यान्सी पेलोसीको कुर्सीमा । तस्बिर सौजन्य : द गार्जियन
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०६:१६:००
Read Time : > 6 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी संसद् भवनमा ट्रम्पसमर्थकको हिंसात्मक प्रदर्शनले अन्तर्राष्ट्रिय समुदाय दुःखी

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार ०६:१६:००

अमेरिकी संसद् कंग्रेसले बिहीबार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएको घोषणा गरेको छ । बाइडेनले २० जनवरीमा राष्ट्रपतिको शपथ लिने छन् । 

गत ३ नोभेम्बरमा अमेरिकामा ४६औँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा डेमोक्र्याटबाट बाइडेन तथा रिपब्लिकनबाट डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गरेका थिए । कंग्रेसको दुवै सदनको बैठकले बाइडेनले ३ सय ६ इलेक्टोरल मतका साथ राष्ट्रपति निर्वाचनमा विजयी भएको प्रमाणीकरण गरेको छ । रिपब्लिकनका ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

सबै क्षेत्रबाट प्राप्त इलेक्टोरल मतको प्रमाणीकरण ६ जनवरीमा दुवै सदनले अनुमोदन गर्नुपर्छ । मत परिणाम प्रमाणित गर्न दुवै सदनको संयुक्त बैठक बस्छ । यसैगरी, कंग्रेसले उपराष्ट्रपतिमा भारतीय मूलकी कमला ह्यारिस विजयी भएको घोषणा गरेको छ । उपराष्ट्रपति माइक पेन्सले वाइडेनलाई ४६औँ अमेरिकी राष्ट्रपतिका रुपमा घोषणा गरेका हुन् । 

केही सांसदहरूले पेल्सिल्भानिया तथा जर्जियाको परिणामप्रति आपत्ति जनाएका थिए । तर अमेरिकाको दुवै सदनले यसलाई खारेज गर्‍यो । वासिङटनको क्यापिटल हिलमा अवस्थित सदन भवनमा वैठक चलिरहँदा राष्ट्रपति ट्रम्पका समर्थकहरूले हुलदंगा गरेका थिए । संसद भवन बाहिर हजारौँको संस्थामा बुधबार विहान देखि नै ट्रम्प समर्थकहरूको भिड लागेको थियो । उनीहरूले त्यहाँ र्‍यालीसमेत निकालेका थिए । 

इलेक्टोरल कलेज भोटिङ दोस्रोपटक गणना हुनुपर्ने ट्रम्प समर्थकका माग थिए । भवन भित्र प्रवेश गरी ट्रम्प समर्थकले चार घन्टासम्म वैठक अवरुद्ध पारेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । ट्रम्प समर्थक ईट्टा, बोतल तथा हतियारसहित संदन भित्र प्रवेश गरेका थिए । 

उनीहरूले बुधबार दिउँसो १ बजे संसद् भवन बाहिर ट्रम्पको पक्षमै नाराबाजी गरिरहेका थिए । दिउसोको तीन बजे ट्रम्प समर्थक संदन भवन भित्र प्रवेश गर्दै त्यहाँका धेरै जसो झयाल र ढोका फोडे । हिंसात्मक गतिविधि अगाडि बढाए ।  संसद भवन भित्र उनीहरूले उपराष्ट्रपति पेन्स तथा सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर राष्ट्रपति ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका थिए । नेशनल गाड्र्स र प्रहरीले उपद्रो मचाइरहेका आन्दोलनकारीलाई सम्झाएका थिए । बुधबार साँझ ५:३० बजे स्पेशल फोसं, सैनिक तथा प्रहरीले भिडमाथि नियन्त्रण लिन सफल भए । 

४ नोभेम्बरमा निर्वाचनको परिणामपछि ट्रम्पले बारम्बार ब्यापक धाँधली भएको दावी गर्दै आइरहेका छन् । बुधबार संसदमा इलेक्टोरल कलेज भोटिङ अन्तिमपटक गणना भएको हो । मत गणना क्रममै राष्ट्रपति ट्रम्पका सांसदहरूले केही स्थानमा आएको नतिजाप्रति विरोध जनाएका हुन । 

वासिङटनको क्यापिटल हिलमा २ सय ६ बर्षपछि यस्तो किसिमको घटना भएको हो । सन् १८१४, २४ को दिन बेलायतले अमेरिकामाथि हमला गरेको थियो । युद्धमा पराजित भएपछि अमेरिकी सेनाले क्यापिटल हिलमा आगजनी गरेका थिए । त्यस घटनापछि बुधबार राष्ट्रपति ट्रम्पका समर्थकले अमेरिकी संसदमाथि हमला गरे । 

यसैबीच, पूर्व राष्ट्रपति बाराक ओबामाले संसद भवन भित्र भएको घटनाको मुख्य दोषी ट्रम्पलाई नै मानेका छन् । ओबामाले घटनाको सवै जिम्मेवारी राष्ट्रपति ट्रम्पले नै लिनु पर्ने बताएका छन् । नैतिकताको आधारमा ट्रम्पले पदबाट राजिनामा दिनुपर्ने माग उनले राखेका छन् । 

यसरी घोषणा हुन्छ राष्टपतिको
अमेरिकामा ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको परिणाम अन्तिम भने होइन । निर्वाचनमा बढी मत हात पार्ने उम्मेदवार एकैपटक राष्ट्रपति बन्न पाउँदैनन् । राष्ट्रपति बन्न उम्मेदवारले इलेक्टोरल कलेज भोटिङमा सर्वाधिक मत ल्याउनु पर्छ । अमेरिकामा ५ सय ३८ इलेक्टोरल कलेज मत छन् । 

राज्यको जनसंख्या तथा भौगोलिक आधारमा यो इलेक्टोरल कलेज मत निर्धारित हुन्छ । राष्ट्रपतिमा निर्वाचित हनु अनिवार्य रुपमै २ सय ७० इलेक्टोरल कलेज भोटिङ आवश्यकता पर्छ । यो संख्यामा जसले इलेक्टोरल भोटिङ प्राप्त गर्छन्, त्यही उम्मेदवार नै अमेरिकाको राष्ट्रपतिमा विराजमान हुन्छन् । कतिपय अवस्थामा निर्वाचनमा बढी मत ल्याए पनि इलेक्टोरल मतदानमा पछि पर्न सक्छन् । 

इतिहासमा यस्तो सन् २०१६ मा भएको थियो । निर्वाचनमा सर्वाधिक मत पाएकी डेमोक्रयाटिककी उम्मदेवार हिलारी क्लिन्टनले तत्काल रिपब्लिकनकै ट्रम्पलाई भारी अन्तरले हराएकी थिइन् । तर पछि इलेक्टोरल भोटिङ मतदान हुँदा हिलारी पराजित भइन् । 

ट्रम्पका सवै समाजिक सन्जाल ब्लक
सामाजिक सन्जालका सम्वन्धित निकायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने टिवटर, इन्स्टाग्राम र फेसबुक २४ घन्टाका लागि ब्लक गरेका छन । अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधि ट्रम्पका टिवटर, इन्स्टाग्राम र सामाजिक सन्जालमा पोस्ट भएपछि सोसल मिडिया साइट्सले यसलाई विवादास्पद र नियमविपरित बताएका छन् । यस किसिमको भिडियो पोस्ट गर्दा हिंसात्मक गतिविधि बढने संभावना भएको सोसल मिडिया साइट्स संचालकले दावी गरेका छन् । 

टिवटरले थप कडाईका साथ राष्ट्रपतिद्वारा निकष्ट भविष्यमा यस्तै नियम उल्लंघन गरे सधैका लागि अकाउन्ट बन्द गर्ने चेतावनी दिएको छ । ‘नतिजा यस्तो किसिमको भयो कि यसले वासिङटन डिसीको स्थिति नियन्त्रण भन्दा बाहिर गयो, हामीले राष्ट्रपति ट्रम्पको सवै किसिमका टिवटर अकाउन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेका छौँ,’ टिवटर सेफटीले बुधबार जारी गरेको विज्ञप्तिमा छ, ‘मानविय तथा समाजमा शान्ति स्थापन्न कायम राख्न यस्तो नीति अपनाइएको हो, यो एक किसिमको हाम्रो नीति र नियम भित्रै पर्छ ।’ 

राष्ट्रपति ट्रम्पले सामाजिक सन्जालमा क्यापिटल भवनमा भएका सवै घटना भिडियोसहित पोस्ट गरेका थिए । सोसल मिडिया साइट्सले यस किसिमको भिडियो पोस्ट हुनुलाई ‘अवैधानिक तथा नीति’ बाहिर रहेको जनाएको छ । यसैबीच इस्स्टाग्रामले पनि ट्रम्पको अकाउन्ट तत्कालका लागि बन्द गरेको घोषणा गरेको छ ।‘हामीले राष्ट्रपति ट्रम्पका इस्टाग्राम अकाउन्ट २४ घन्टा निमित्त बन्द गरेका छौँ,’ इन्टाग्रामका एडम मोसेरीले जनाएका छन् । यता फेसबुकले राष्ट्रपति ट्रम्पको पेजबाट ३ वटा भिडियो पोलिसी भन्दा बाहिर भएको जनाएको छ । 

त्यसै गतिविधि रोक्न २४ घन्टा निमित्त अकाउन्ट बन्द गरिएको फेसबुकले भनेको छ । ‘हामीले ट्रम्पको फेसबुकबाट तीन वटा विवादास्पद भिडियो डिलिट गरेका छौँ, त्यो भिडियोले हिंसा भडकाउने किसिमको थियो,’ फेसबुकले ट्रम्पको अकाउन्ट वन्द गर्नुकारण जनाएको छ, ‘संभवत पहिलोपटक फेसबुकले अपलोड भएको भिडियो डिलिट गरेको हो ।’ फेसबुकले यस्तो कार्यलाई आपतकालिन भनेको छ । क्यापिटल भवनमा हिंसा भएको एक मिनेट पछि नै ट्रम्पले भिडियो पोस्ट गर्दै निर्वाचनमा विपक्षीहरूले धाँधली गरी जित हात पारेको दावी गरेका थिए । 

ट्रम्पले टिवटर, फेसबुक तथा इन्स्टाग्राममा समर्थकलाई सम्बोधन गर्दे यस्तो भनेका थिए, ‘मलाई थाहा छ, तपाई (समर्थक) यति बेला निकै दुखः हुनुहुन्छ, हामीबाट निर्वाचन छिनेर लाग्यो, यसपटक निर्वाचनमा व्यापक धाँधली भएको छ ।’ 

ट्रम्पले समर्थकलाई नियन्त्रणमा वस्न र घर फर्कन आग्रह गरेका छन् । भन्छन्, ‘यो मेरो हातमा छैन, यसमा मेरो कुनै पनि हात छैन, म यति मात्र भन्न सक्छ शान्ती कायम हो र तपाईहरू घरमा फर्कनुस ।’ यसैबीच युटयुवले क्यापिटल हिलमा भएका सवै घटनाको भिडियो ट्रम्पको अकाउन्टबाट हटाएको जनाएको छ । ‘फेसबुकसँगै युटयुवमा पोस्ट भएका सवै भिडिया हटाइएका छौँ,’ युटयुवले बिबिसीलाई भनेको छ । 

घटना अपमानजनक : अन्तराष्ट्रिय समुदाय
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल भवन भित्र प्रवेश गरी हिंसात्मक गतिविधि गरेको घटनाप्रति विश्व नै ध्यानाकर्षण भएको छ । भवन भित्र कंग्रेसको कारवाही चलिरहँदा समर्थकले उपद्रो मचाएका हुन् । विश्वका नेताहरूले यस घटनालाई अपमानजनक बताएका छन् । बेलायत, युएन, युरोपियन युनियन तथा फ्रान्ससम्मले यस घटनाको भत्र्सना गरेका छन् । 

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले  भवन भित्रको घटनालाई ‘दःखी’बताएका छन् । उनका प्रवक्ता स्टेफने डुजारिकका अनुसार महासचिव निकै दुःखी छन् । ‘यस किसिमको अवस्था राजनीतिकर्मीले आफ्ना समर्थकहरूलाई नियन्त्रणमा राख्न सक्नु पर्छ, समर्थकलाई हिंसात्मक गतिवधितिर प्रेरित गर्नु भन्दा धर्यता सिकाउनु पर्छ,’ विज्ञप्तिमा छ, ‘राजनीति नेताहरूले आफना समर्थकलाई हिंसाबाट अलग राख्नुसाथै प्रजातान्त्रिक प्रक्रिया रकानून शासनको सम्मान गर्न जोड दिनुपर्छ ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले वासिङटनमा भएको घटनालाई अपमानजनक भएको बताएका छन् । उनले डेमोक्रयाटका जो वाइडेनको राष्ट्रपति पदभार कार्यक्रम शान्तिपूर्वक हुनुपर्ने आग्रह गरेका छन् । ‘अमेरिकी कंग्रेसको दृश्य अपमानजनक हो, बेलायत सधै विश्वब्यापी प्रजातन्त्रको पक्षमा उभिने छ, शान्ति र व्यवस्थित शक्तिको स्थानान्तर हुनु आवश्यकता महसुस गरेको छु,’ प्रधानमन्त्री जोनसनले टिवटरमा भनेकान छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बासिङटन डिसीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मोदीले पनि सामाजिक सन्जालबाट भनेका छन्, ‘वासिङटन डिसीमा जे भयो, त्यो निकै नराम्रो थियो, हिंसात्मक गतिविधले चिन्तित बनाएको छ, सत्ता सत्ताहस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ, यो नियम अनुसारै हुनुपर्छ ।’ मोदीले लोकतन्त्रमा गैरकानूनी प्रदर्शनले केही असर नगर्ने बताएका छन् । 

न्युजिल्यान्डका परराष्ट्र मन्त्री नानिआ मुहाताले वासिङटन डिसीमा शान्ती कायम रहन कामना गरेकी छिन् । उनले घटनाहरूको पुछुतो विषय भएकाले यसलाई संक्रमित कालिन भएको जनाइन् । हिंसाले लोकन्त्रमा स्थान लिन नसकिने उनको भनाई छ । भन्छिन्, ‘लोकतन्त्र विफल पार्न हिंसाको कुनै स्थान छैन, हामी राजनीतिक प्रशासनको शान्तिमय संक्रमणको प्रतिक्षामा छौ, जुन प्रजातन्त्रको चिन्हो हो ।’ 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले वासिङटनको घटनालाई अत्यन्तै कस्टकर भएको बताए । उनले भनेका छन्, ‘यो दृश्य निकै कस्टकर थियो, यसको जति विरोध वा भत्र्सना गरे पनि साध्यै छैन, अस्ट्रेलियाले निर्वाचित प्रशासनलाई शान्तीमय रुपमा सत्ता हस्तान्तरणको प्रतिक्षामा छ ।’ उनले अमेरिकी जनता प्रजातन्त्रमाथि विश्वास राख्ने बताए । ‘महान् अमेरिकी प्रजातान्त्रिक परम्परागत छन्,’ प्रधानमन्त्रीले आफ्नो टिवटरमा पोस्ट गरेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी कंग्रेसमा भएको हिंसात्मक कार्यलाई अमेरिका नभएको बताएका छन् । उनले भनेका छन्, ‘कंग्रेसमाथि भएको घटना अमेरिकनद्वारा होइनन्, अमेरिकन प्रजातान्त्रिक शक्तिमा विश्वास राख्छन ।’ राष्ट्रपतिले टिवटरमा आफ्नो भनाई राख्नुअघि फ्रान्सका विदेश मन्त्री जिन ड्रिआनले अमेरिकामाथि भएको हिंसा प्रजातन्त्रमाथि प्रहार भएको संज्ञा दिएका थिए । ‘म यस घटनाको निन्दा गर्छु, अमेरिकी जनताहरूको इच्छा र मतदानको सम्मान गर्नुपर्छ,’ उनले भने । 

युरोपेली काउन्सिलका अध्यक्ष चाल्स मिसेलले वासिङटनको घटनाबाट आफू अच्चमित तथा छक्क परेको बताएका छन् । उनी भन्छन्, ‘अमेरिकी कंग्रेसलाई प्रजातन्त्रको मन्दिर मानिएको छ, हामी चाहन्छौँ शान्तिमय रुपमा सत्ता हतान्तरण हुनुपर्छ ।’ युरोपेली आयोजका अध्यक्ष उर्सुला भोन डरलेनले अमेरिकी संस्था प्रतान्त्रको शक्तिलाई जोड दिएकी छिन् । उनले अमेरिकामा जो वाइडेनलाई अर्को राष्ट्रपतिका रुपमा आफूहरूले हेरेको बताइन् । 

जर्मनीका विदेश मन्द्यत्री हेको मासले  भवनमा भएको हिंसात्मक दृश्यलाई प्रजातान्त्रको दुश्मन भनेका छन् । उनले ट्रम्प समर्थकलाई निर्वाचनको परिणाम स्विका गर्न आग्रह गरेका छन् । ‘यो हिंसा सुनियोजित हो,’ उनले भने, ‘अमेरिकी भोटर्सको मानसम्मान हुनुपर्छ, सवैले प्रजातन्त्रमाथि विश्वास राख्नु पर्छ ।’ 

यसैगरी दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाका परराष्ट्रमन्त्री जोर्गे अरियाजाले टिवटरमा घटनाप्रति चासो देखाएका छन् । ‘भेनेजुएलाले अमेरिकाको वासिङटन सहरमा भएका हिंसात्मक गतिविधिप्रति चासो राखेको छ,’ उनले भने, ‘यस किसिमको घटनाको घोर निन्दा गर्छु, अमेरिकी जनताले स्थायित्व र सामाजिक न्यायको दिशामा नयाँ बाटो खोल्ने छन् ।’

टर्कीका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शान्ती र संयम कायम रहन आग्रह गरेको छ । ‘हामी अमेरिकामा चिन्ताजनक घटनाक्रमको अनुगमन गरिरहेका छौँ,  भवनमा हिंसा गर्ने व्यक्तिमाथि कारवाही हुनुपर्छ,’ विज्ञप्तिमा छ, ‘हामी यसमा विश्वास राख्छौँ अमेरिकामा चाँडै शान्ती कायम हुने छ ।’

नाटोका प्रमुख जेन्स स्टोल्टनवर्गले गत बर्षको नोभेम्बर महिनामा भएको अमेरिकी राष्ट्रपति निर्वाचनको सवैले सम्मानपूर्वक नतिजा आत्मसात गर्न आग्रह गरेका छन् । ‘वासिङटन डिसीको दृश्य स्तब्ध पार्ने किसिमको थियो, यस प्रतान्त्रिक चुनावको परिणामको सवैले सम्मान गर्नुपर्छ,’ जेन्सले टिवटरमा भनेका छन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिनले हिंसात्मक गवितधि दृश्यप्रति चिन्ता व्यक्त गरेका छन् । ‘क्यानडा यस घटनाप्रति चिन्तित छ, मलाई लाग्छ अमेरिकी प्रजातान्त्रिक संस्थाहरू कडा छन र सवै सामान्य जीवनमा फर्कने छन्’ उनले भने ।

वासिङ्टनमा १५ दिन आपत्काल घोषणा

अमेरिकी संसद् भवनमा ट्रम्पसमर्थकले आक्रमण गरेपछि राजधानी वासिङ्टनडिसीमा १५ दिनका लागि नागरिक आपत्काल घोाषणा भएको छ । वासिङ्टनका मेयर म्युरियल बाउजरले सहरमा हतियारधारीले हिंसा र तोडफोड गर्नुका साथै बन्दुकसमेत चलाएकाले आपत्काल घोषणा गर्नुपरेको बताएका छन् ।

उनका अनुसार २१ जनवरीसम्म नागरिक आपत्काल जारी रहनेछ । बाइडेनको शपथग्रहणको एक दिनपछि आपत्काल हट्नेछ । यसैगरी हिंसालगत्तै सहरमा कफ्र्यु जारी भएको छ । मेयर म्युरियलले बुधबार साँझबाट कर्फ्यु लागू गरेका हुन् । आदेश उल्लंघनका आरोपमा ट्रम्पका समर्थक र सर्वसाधारण गरी ६८ जना पक्राउ परेका छन् । 

एजेन्सीहरूको सहयोगमा