मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ माघ २८ सोमबार ०८:२४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बन्ने इन्स्पेक्टर

Read Time : > 1 मिनेट
२०७५ माघ २८ सोमबार ०८:२४:००

प्रहरी निरीक्षक (पोलिस इन्स्पेक्टर) पद नेपाल प्रहरीमा अधिकृत स्तरको जागिर हो । यो पदमा वार्षिक करिब ५० देखि सयजनाको पदपूर्ति हुन्छ । तर, करिब ३२ देखि ३५ सयको हाराहारीमा युवाले आवेदन दिने गरेका छन् । अन्य सरकारी जागिरजस्तै प्रहरीमा पनि युवाको आकर्षण बढ्दो छ भन्ने यसले देखाउँछ । यसै परिपे्रक्षमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले इन्स्पेक्टर हुन चाहने युवाका लागि केही सुझाब दिएका छन् ।

 निरन्तर अभ्यास 
शारीरिक सुगठनको परीक्षा दिनुअघि आवश्यक व्यायाम गर्नुपर्छ । नियमित व्यायाम गरेमा शारीरिक सुगठनमा पास गर्न सकिन्छ । साथै, व्यायामले फिटनेसमा पनि भूमिका खेल्छ । तालिमको समयमा सबै किसिमका फिटनेस सूत्र अपनाइने भएकाले त्यसका लागिसमेत अभ्यास गर्न सकिन्छ । त्यसैगरी, परीक्षामा दौड, हाइजम्फ, लङजम्प आदिजस्ता क्रियाकलाप पनि गराइने भएकाले यिनीहरूको पूर्वाभ्यास गर्न जरुरी छ । 
 आत्मविश्वास
परीक्षामा पास गर्नलाई आत्मविश्वास जरुरी छ । तसर्थ, सबैभन्दा पहिले त आफूसँग पास गर्न सक्ने क्षमता छ भन्ने सकारात्मक धारणा बनाउनुपर्छ । इन्स्पेक्टरका लागि विभिन्न चरणमा परीक्षा हुन्छन् । मुड फ्रेस बनाएर सबै परीक्षाका लागि तयारी गर्नुपर्छ । धेरै तनाव वा दबाब महसुस गर्नुहुन्न । 
 विषयवस्तुुमा आधारित हुने
इन्स्पेक्टरको लिखित परीक्षा लोकसेवा आयोगले लिने गर्छ । यसका लागि विभिन्न प्रकाशनले पाठ्यक्रमका पुस्तक निकालेका हुन्छन् । लिखित परीक्षाका लागि लामो समय प्राप्त हुने भएकाले राम्ररी परीक्षाको तयारी गर्न सकिन्छ । पढ्ने नाममा रट्ने, अनावश्यक भार महसुस गर्ने गर्नुहुँदैन ।

 समूह बनाएर पढ्ने
एक्लै बसेर पढ्नुभन्दा साथीहरूसँग छलफल गरेर पढ्दा बढी लाभ मिल्छ । साथीहरूबीच दुईजना जनाको समूह बनाएर पढ्न सकिन्छ । त्यस्तै, लोकसेवाका लागि सञ्चालन गरिने तयारी कक्षाहरूमा भाग लिएर पनि आफूमा आत्मविश्वास बढाउन सकिन्छ ।
 परीक्षाका दौरान सजग 
कतिपय परीक्षाको समयमा बेकारमा आत्तिएर फेल हुने गरेका छन् । प्रहरी निकाय र लोकसेवा आयोगबीचको संयुक्त परीक्षा अलि गाह्रो पनि हुने गर्छ । साथै, परीक्षाका विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । त्यसैले हरेक चरणमा उत्तिकै सजग हुन आवश्यक छ । सजग भएमा कठिन परीक्षा पनि पास गर्न सकिन्छ ।  

 शारीरिक तन्दुरुस्ती
प्रहरी निरीक्षक हुनका लागि सबैभन्दा पहिला त शारीरिक सुगठन जरुरी छ । शरीर पूर्ण रूपमा स्वस्थ हुनुपर्छ । शरीरमा कुनै किसिमको चोट नभएको हुनुपर्छ । महिलाको हकमा न्यूनतम उचाइ ५ फिट र पुरुषको हकमा ५ दशमलव २ फिट हुनैपर्छ । त्यस्तै, छाती पुरुषको हकमा नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुन अनिवार्य छ ।