१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुससहित पक्राउ परेका चिकित्सक यादवलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:०३:००

विशेष अदालतले आयुर्वेदका चिकित्सक रामदेव यादवलाई सफाइ दिएको छ । उनलाई विशेषका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारूको इजालसले बुधबार सफाइ दिएको हो । 

उनीमाथि अख्तियारले २०७५ जेठ ४ मा ३७ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो । उनी नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा निमित्त निर्देशकका रूपमा कार्यरत रहँदा घुस लिएको अख्तियारको आरोप थियो ।

 कन्सल्टेन्ट आयुर्वेद चिकित्सक (दशौं तह)मा रहेका उनले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तीनमहिने ओजेटी (प्रशिक्षण र तालिम) गराउने भन्दै घुस मागिरहेको भन्दै अख्तियारमा उजुरी परेको   थियो । 

सूचनाका आधारमा आयोगको टंगालस्थित कर्यालयबाट खटिइगएको टोलीले उनलाई ३७ हजार रुपैयाँ लिइसकेको अवस्थामा आयुर्वेद चिकित्सालयको सरकारीनिवासबाटै नियन्त्रणमा लिएको थियो । उनी वैशाख चारमा पक्राउ परेका थिए । यसको एक महिनापछि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको थियो ।