मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २२ बुधबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको विद्यालय भवन निर्माणमा भारतीय सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २२ बुधबार २१:१०:००

भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरूबीच श्री महादेव माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपाल–भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले चार करोड ४१ लाख ३० हजार नेपाली रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सन् १९७६ मा स्थापना भएको  विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध छ ।

भारतीय दूतावासका अनुसार साना विकास परियोजनाको नामले परिचित उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेषगरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक सुविधाको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । 

परियोजनाअन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातैवटा प्रदेशमा ४२८ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ । यीमध्ये १४ वटा परियोजनाहरू प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन् ।

'नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ’ भारतीय दूतावासले भनेको छ, 'प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्धतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको छ ।’

यसैबीच, भारतीय दूतावासका उपप्रमुख नाम्ग्या सी खम्पाले भूकम्पबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणका लागि नेरू ३० करोड ६० लाख रुपैयाँ राष्ट्रिय भूकम्प पुनर्निर्माण प्राधिकरणका सिइओलाई सुशील ज्ञवालीलाई हस्तान्तरण गरेकी छिन्  

भारतले नेपालका ८ वटा जिल्लाहरूका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ।