Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २२ बुधबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरभित्रकाे झगडाकाे बहाना देखाएर ओलीले घर नै सखाप पारे : माधव नेपाल

Read Time : < 1 मिनेट
२०७७ पौष २२ बुधबार १६:४९:००

नेकपा प्रचण्ड- नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले परिवारमा झमेला भयो भनेर घरै समाप्त पार्ने केपी ओलीको प्रवृत्तिले सबै पार्टी र सिंगाे मुलुकलाई दु:ख दिने बताएका छन् ।

पार्टीद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपालले पार्टीभित्र काम गर्न दिइएन, हातखुट्टा बाँधियो, त्यसकारण अब देखाइदिन्छु भन्दै ओलीले नरहे बाँस नबजे बाँसुरी भनेझैँ लोकतन्त्र र संविधान नै धरापमा पर्ने गरी प्रतिनिधिसभा विघटन गरेको बताए ।

नेपालले ओलीको कदम नेकपाको आन्तरिक मामिला भनेर नपन्छिन आग्रह गर्दै त्यसले लोकतान्त्रिक गणतन्त्र र संघीयता नै धरापमा पर्ने भन्दै पार्टीहरूलाई सयुक्त संघर्षका लागि प्रस्ताव गरे ।

ओलीले संकटकालभन्दा अघि बढेर षड्यन्त्रको तानाबाना बुने पनि ती कुनै पनि सफल नहुने नेपालले ठोकुवा गरे ।