१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/सिन्ह्वा जेनेभा
२०७७ पौष २२ बुधबार १६:०८:००
Read Time : < 1 मिनेट
विश्व

असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्य : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा जेनेभा
२०७७ पौष २२ बुधबार १६:०८:००

राष्ट्रसंघका यातनासम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्न बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् । 

बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातनासहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो । 

मेल्जरले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो ।’ 

अमेरिकाले आफ्ना सुरक्षासँग सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी गरेको आरोप लगाउँदै असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायतसमक्ष अनुरोध गरेको छ । हाल असाजलाई बेलायतको बल्मार्स कारागारमा राखिएको छ । मेल्जरले यदि असान्जलाई अमेरिका पठाइएको भए उनीमाथि १७५ वर्षको जेल सजाय हुने बताए । 

तर मेल्जरले असान्जको मुद्दालाई खोज पत्रकारिता गर्न चाहनेहरूको प्रेस स्वतन्त्रता सुरक्षाका सन्दर्भमा पनि व्याख्या गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रूपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ ।’