मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ पौष २२ बुधबार १५:५१:००
Read Time : < 1 मिनेट
विश्व

विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोलीलाई वुहान प्रवेश अनुमति दिन चीनको आलटाल

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष २२ बुधबार १५:५१:००

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठनको अनुशन्धान टोलीलाई वुहानमा प्रवेश दिने विषयमा आलटाल गरिरहेको बताएका छन् । चिनियाँ वैज्ञानिकहरूले कोभिड–१९ को उत्पत्ति चीनमा नभएको दाबी गर्दै आएको र संगठनले पनि वुहानमा अनुसन्धान गर्न टोली पठाउने निर्णय गरेको थियो । तर, अनुसन्धान टोलीलाई चीन प्रवेशको अनुमति भने नमिलेकोमा टेड्रोसले दुःखेसो गरे । 

संगठनको विज्ञ टोलीमा संलग्न सदस्यहरू आ–आफ्ना देशबाट प्रस्थान गरिसकेका छन् । त्यसमध्ये दुईजना चीनका लागि प्रस्थान पनि गरिसकेका छन् । तर, सबै सदस्यलाई चीनले अझैसम्म अनुमति नदिएको उनले बताए । उनले भने, ‘हामीलाई त आज पो  थाहा भयो कि विज्ञ टोलीमा संलग्नहरूलाई अनुमति नै दिइएनछ ।’ उनले यस घटनाबाट दुःखित बनेको बताएका छन् । टोलीमा संलग्न सदस्यहरूलाई अन्तिम समयमा चिनियाँ अधिकारीहरूले प्रवेश अनुमति नै नदिएको उनको भनाइ छ । यद्यपि, चिनियाँ अधिकारीहरूसँग सम्पर्कमै रहेको उनले बताएका छन् । 

ट्रोडोसले यो अभियान संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीको प्राथमिकता पाएकाे र यसमा चीनले अनुसन्धान टोलीलाई सहयोग गर्ने आश्वासन दिएको बताए । यसका लागि चीनले पनि तयारी गरिरहेको जानकारी संघलाई दिएको थियो ।

विश्व स्वास्थ्य संघठनका आपत्कालीन कार्यक्रमका प्रमुख माइकल रेयानका अनुसार विशेषज्ञ टोली मंगलबार नै चीनको वुहान पुग्नुपर्ने थियो । तर, उनीहरूलाई भिसासहित अन्य कागजात र अनुमति दिइएन । कोरोना भाइरस महामारीका रूपमा फैलिरहेकै वेला चीनका राष्ट्रपति सी जिन पिङसँग डब्ल्युएचओका प्रमुखले अघिल्लो वर्ष भेटेका थिए । 

चीनको विदेश मन्त्रालयले भने विज्ञ टोलीहरू कुन स्थानमा कसरी र कहिले पुग्ने भन्ने विषयमा डब्ल्युएचओसँग छलफल जारी नै रहेको बुधबार जनाएको छ ।