मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ पौष २२ बुधबार १३:३८:००
Read Time : > 1 मिनेट
फिचर

ट्रम्पले अमेरिकामा अलीपेसहित सात चिनियाँ एप्स बन्द गरे

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ पौष २२ बुधबार १३:३८:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलीपेसहित सातवटा चिनियाँ एप्स बन्द गराएका छन् । उनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको आरोपसहित ती एप्स बन्द गर्नेबारे विशेष निर्देशन जारी गरेका हुन् ।

उनको निर्देशनअनुसार अमेरिकामा अलीपेसहित क्युक्यू वालेट, विच्याटपे जस्ता चर्चित एप्स बन्द हुने भएका छन् । अब ४५ दिनभित्र यी एप्स अमेरिकामा बन्द गर्नुपर्ने छ । राष्ट्रपतिले यी एप्स बन्द गर्नुको कारण बारे पुरानै राय दिएका छन् । उनले यसअघि जस्तै यी एप्सले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको उनको भनाइ छ । 

उनले यसअघि यही कारण देखाउदै अरु चिनियाँ एप्स र कम्पनीहरूलाई पनि अमेरिकी स्वामित्व बन्द गर्न वा अमेरिकी नागरिकलाई बेच्न दबाब दिएका थिए । अमेरिकाले यसअघि कडाई गरेको चिनियाँ कम्पनीहरूमा टिकटक सञ्चालक बाइट डान्स र मोबाइल फोन सेट उत्पादक कम्पनी हुवावे थिए । यी एप्सहरूले अमेरिकाको संघीय कर्मचारी बारेको सूचना चोर्ने गरेको आरोप लगाइएको छ । 

राष्ट्रपति ट्रम्पले बन्द गर्न निर्देशन दिएका एप्समा टेन्सेन्ट क्युक्यू, क्यामस्क्यानर, शेयरइट, भिमेट र डब्ल्युपिएस अफिस छन् । ‘अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षालाई हितमा राखी यस्ता चिनियाँँ सफ्टवेयर निर्माण गर्ने वा नियन्त्रण गर्ने कम्पनीहरूमाथि कडा निर्णय लिनुपर्ने भएको छ’, राष्ट्रपति ट्रम्पको निर्देशनमा उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘स्मार्टफोन, ट्याब्लेट्स, कम्प्युटर जस्ता इलेक्ट्रोनिक डिभाइसहरूमा प्रवेश गरी चिनियाँँ जोडिएका यस्ता सफ्टवेयरहरूले ठूलो संख्यामा व्यक्तिगत र संवेदनसील सूचनाहरू लिन सक्छ ।’ राष्ट्रपति ट्रम्पले कार्यकाल सकिनै लाग्दा चिनियाँ कम्पनीमाथि कडा नीति लिएका छन् । यी एप्सहरूले यसरी लिएको सूचना चिनीयाँ सरकारलाई दिने आशंका अमेरिकाको छ ।

ट्रम्प प्रशासनले सैन्य शक्तीसँग सम्बन्ध राखेका केही चिनियाँ र रसियन कम्पनीहरूलाई अमेरिकासँग संवेदनसिल सामान र प्रविधि किन्न प्रतिबन्द लगाएको छ । 

ट्रम्पको आरोप चीनद्वारा खण्डन
चीनले भने यी एप्स र कम्पनीहरूले आफूलाई सूचना दिने अमेरिकाको आरोपको खण्डन गरेको छ । अमेरिकी सरकारको यो निर्णयविरुद्धमा उसले पनि आफ्नो देशबाट सेनासँग सम्बन्धित कुनै पनि प्रविधि निर्यात गर्न प्रतिबन्द लगाएको छ । अमेरिकाले गत अगस्टमा टिकटकको माउ कम्पनी बाइटडान्सलाई अमेरिकी स्वामित्व बन्द गर्न वा अमेरिकी नागरिकलाई बेच्न निर्देशन दिएको थियो ।