मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २२ बुधबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालत : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २२ बुधबार १३:३४:००

जसपा नेता डा बाबुराम भट्टराईले संविधानको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा उनले अदालततिर सबैको ध्यान गएको बताएका हुन् ।

भट्टराइले भनेका छन्, 'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।'

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वाेच्च अदालतकोे संवैधानिक इजलासमा आजबाट सुनुवाइ हुँदै छ ।