मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २१ मंगलबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असंवैधानिक, अलोकतान्त्रिक काम सच्चिनुपर्छ : पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २१ मंगलबार १४:४७:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले राखेको अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले अब आशाको केन्द्र सर्वोच्च अदालत रहेको बताए । 

उनले भने, ‘असंवैधानिक, अलोकतान्त्रिक काम सच्चिनुपर्छ । अब आशाको केन्द्र सर्वोच्च अदालत हो । राष्ट्रपति थियो, आँखा चिम्लेर सही गरिदिनुभयो । यो प्रतिनिधिसभा संवैधानिक आधारविना नै विघटन गर्नुभयो । यो प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

आफूहरू संविधान निर्माता भएकाले अदालतमै पुगेर पनि विघटन गर्ने विशेषाधिकार नरहेको कुरा भन्नुपरे भन्ने उनको भनाइ थियो