Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विलियम वेगम्यान
२०७७ पौष २१ मंगलबार ०८:०५:००
Read Time : < 1 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

एउटा कलाकारको विश्लेषणमा कुकुरको आँखाबाट सन् २०२०

Read Time : < 1 मिनेट
विलियम वेगम्यान
२०७७ पौष २१ मंगलबार ०८:०५:००
वेगम्यान फोटोग्राफर र कलाकार हुन्

कुनै कुरामा पनि खासै ध्यान नदिने व्यक्तिले पनि यो वर्ष कति खराब रह्यो भन्ने महसुस गरेकै हुुनुपर्छ ।

विश्वबारे विचार गर्ने क्रममा मैले सन् २००५ का दुईवटा फोटो भेटेँ । २०/२४ को पोलारोइड्स फोटोमा म्याजी नामको मेइमारानर प्रजातिको कुरा छ, जुन मेरी एसिस्टेन्ट मार्लो कोभाकको हो ।

म्याजीलाई फोटो खिचाउन धेरै मनपर्छ । खासमा ऊजस्तो फोटो खिचाउन मन पराउने कुकुर मैले आजसम्म भेटेको छैन ।

म काम गर्दा ऊ सधैँ मसँगै बसिरहेको हुन्छ । म्याजी सेटमा आउने उज्यालो प्रकाशको लतमा परेजस्तो देखिन्थ्यो । 

पहिलो फोटो ‘स्प्लिटिङ इमेज’ चम्किलो आँखा भएको एउटो ध्वाँसे कुकुरको फोटो हो । धुम्म परेको इन्टेरियरमा खिचिएको फोटोमा कुकुर उसकै सानो नकलमा हेरिरहेको देखिन्छ । एउटा कुरा आफैँलाई बिर्सिएर हामीपछाडि पर हेरिरहेको छ भने अर्को सीधा दर्शकलाई हेरिरहेको छ । एउटा सचेत छ, अर्को चिन्तित तथा बेहोसीमा देखिन्छ । 

दोस्रो फोटो ‘आँखाहरू’ले उही बेहोसी नजरलाई थप विस्तार गरिदिएको छ । यसको हेराइ अन्योलग्रस्त छ । एउटै रङको जस्तो देखिने फोटो नजिकबाट हेर्‍यो भने रंगीन रहेको थाहा हुनछ । म्याजीको आँखा मधुरो तथा गाढा हरियो देखिन्छ । ती अन्धकारपूर्ण तथा सोचमा परेको जस्तो देखिन्छ र ती देखिएजस्तो श्यामश्वेत छैनन् । यी दुई तस्बिर हेर्दा ममा अशुभको भाव उत्पन्न हुन्छ । अहिले सन् २०२० मा आएर बल्ल तिनको अर्थ साँच्चै बुझ्न थालेको छु ।