मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १६ शनिबार
  • Saturday, 02 October, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २१ मंगलबार ०५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

श्रद्धाञ्जलीसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजीको जवाफ– राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २१ मंगलबार ०५:५१:००

नेकपाको विभाजनपछि प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको नेकपाबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्को समूहका अध्यक्ष प्रचण्ड–नेपाललाई लक्षित गर्दै गरेको टिप्पणीले धेरै चर्चा पाएको छ । 

आफूनिकट विद्यार्थीको कार्यक्रममा ओलीले प्रचण्ड र नेपाललाई सहिद भइदिएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो भन्ने अभिव्यक्तिलाई इतर समूहले कडा जवाफ फर्काएको छ । प्रधानमन्त्री ओलीको त्यस्तो अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक संस्कृति स्खलनका रूपमा चित्रित गर्दै त्यस्तो चिन्तन र संस्कार दुःखदायी भएको बताए ।

‘यो स्तरको टिप्पणी एकपटक हामीले नै हाम्रो पार्टीको अध्यक्ष बनाएको र अहिले पनि देशको प्रधानमन्त्रीबाट आएको होला भन्ने कल्पना पनि गर्दिनँ । मैले त्यस्तो आफैँले सुन्ने धृष्टता पनि गरेको छैन । त्यस्तो कसरी कल्पना गर्न सक्छौँ र हामी ? नेपालको राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ? यो साह्रै दुःखदायी कुरा हो । म व्यक्तिगत टिप्पणी कसैप्रति गर्न चाहन्नँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘किनकि म भन्न चाहन्छु, विचार, सिद्धान्त, मूल्य–मान्यताको पक्षमा रहनेले गलत ढंगले गालीगलौज र आरोप–प्रत्यारोप गर्दैन, हामी त्यसरी जान चाहँदैनौँ ।’