१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष २० सोमबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री बादललाई गृहनगरमा कालो झन्डा  

Read Time : < 1 मिनेट
२०७७ पौष २० सोमबार १६:४९:००

गृहजिल्ला चितवन आएका गृहमन्त्री तथा नेकपा नेता रामबहादुर थापा बादललाई नेकपाका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । नेकपा ओली पक्षको सभालाई सम्बोधन गर्न चितवन पुगेका थापालाई प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । 

भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले बादल ‘लाल–गद्दार, असंवैधानिक कुको मतियार’ लेखेको ब्यानरसहित बेलुन उडाएर विरोध जनाएका थिए । भरतपुरको हाकिमचोकमा उनलाई बाइकमा आएका केही युवाले कालो झन्डासमेत देखाएका थिए।