१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २० सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५० राउन्ड गोलीसहित भूपू प्रहरीका छोरा विमानस्थलबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २० सोमबार १४:३४:००

५० वटा गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवक पक्राउ परेका छन् । काठमाडौंबाट झापा जान लागेका बद्रीहाङ राईलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो । 

राई आमासँग श्री एयरलाइन्सबाट झापा जाने क्रममा पक्राउ परेका हुन् । उनी नेपाल प्रहरीका भूपू नायब निरीक्षकका छोरा हुन् । 

काठमाडौंस्थित घरमा रहेको गोली बुबाले लिएर आउन भनेपछि आफूले लैजान लागेको उनले प्रारम्भिक सोधपुछमा बताएका छन् । 

महानगरीय प्रहरी वृत्त गौशालाले राईलाई थुनामा राखी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक छानबिनमा सो गोली अवैध भएको खुलेको छ ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाका अनुसार बरामद भएका गोली नाै एमएमका छन् ।