हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई पुनः सहयोग गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले नयाँ वर्षको अवसर पारेर कोभिडविरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
एक हजार ६ सय ६० थान कापी, दुईवटा इन्फ्रारेड थर्मामिटर, दुई बोतल स्यानिटाइजर र एक हजार थान मास्क प्रदान गरेको हो ।
विगतमा पनि शैक्षिक सामग्रीसहित खाजा, नास्ता र अन्य उपभोग्य सामग्री प्रदान गर्दै आएको थियाे ।
हिमालय एयरलाइन्स्की ब्रान्ड र सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘सन् २०२० अनिश्चितता र ओसिलो भविष्यको वर्ष थियो, विशेषगरी बालबालिकाहरूका लागि कोभिड– १९को डर र सामाजिक दूरीले स्कुल र कलेजमा निकै असर पऱ्याे । सामाजिक क्षेत्रमा केही गहन र अर्थपूर्ण योगदान पुर्याउने हाम्रो दृढ प्रतिबद्धताका साथ प्रयास नेपालप्रतिको हाम्रो वार्षिक प्रतिबद्धता पूरा गर्ने यो नै सही समय हो । हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरूकाे उत्थानका प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौँ ।’