• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

रुमालै छ चिनोको विरही गीत 

२०७५ माघ २८ सोमबार ०६:३७:०० | काठमाडौं

लाहुरेको प्रेमकथामा निर्माण गरिएको फिल्म रुमालै छ चिनोमा समाविष्ट आमा नबस्नु पर्खेर बोलको विरही गीत सार्वजनिक गरिएको छ । फागुन १० गते प्रदर्शन हुने फिल्मको लोकशैलीको सो गीत विरही कार्कीले गाएका हुन् । 

दिनेशसिंह ठकुरी निर्देशित फिल्मको सो गीतको भिडियोमा सुशान्त कार्की, सञ्चिता लुइँटेल, किशोर खतिवडालगायतका कलाकारलाई प्रस्तुत गरिएको छ । लोकगायक रेशम थापाको चर्चित गीत रुमालै छ चिनोबाट नाम राखिएको फिल्ममा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अप्सना थापा, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा चन्द्रबहादुर खड्का, राम पाण्डे र दीपक ढकालको लगानी छ । 
 

प्रतिकृया दिनुहोस