१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष १९ आइतबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिडका कारण बन्द भएका विद्यालय खुलाउन सकिने 

Read Time : < 1 मिनेट
२०७७ पौष १९ आइतबार १७:३४:००

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । 

आज (आइतबार) बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए । 

यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए । 

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायतलगायतका विभिन्न २०–२२ वटा देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदका प्रस्ताव लैजाने निर्णय पनि सिसिएमसी निर्देशक समितिले गरेको छ । 

यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरूलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रूपमा भराउने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरूलाई निर्देशन दिनेसम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।