१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १९ आइतबार १६:०७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा नयाँ रेकर्ड, अहिलेसम्मकै उच्चतम् बिन्दुमा नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १९ आइतबार १६:०७:००

आइतबार सेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक चार दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव ३९ बिन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । 

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि चार दशमलव ३१ प्रतिशत अर्थात् १७ दशमलव १८ अंकले बढेर चार सय १५ दशमलव ८८ अंकमा बन्द भएको छ । दिनभर दुई सय १२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँबराबरको एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ।

सूचीकृत कम्पनीहरूबाट सर्वसाधारणमा जारी भएका सेयरहरूको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि चार दशमलव एक प्रतिशत अर्थात पाँच दशमलव ८२ अंकले बढेर एक सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ । यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि तीन दशमलव ९७ प्रतिशत अर्थात् ५ दशमलव ०७ अंकले बढेर एक सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।

बजारले नयाँ उचाइ बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । बैंक ब्याजदर पनि सस्तो भएको छ । बजार निरन्तर बढ्दै जाने र सेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले सेयरको माग बढाएको देखिन्छ । 

यस्तै कोभिड– १९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश सेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन सेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ ।

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह चार दशमलव ८६ प्रतिशत, बैंकिङ समूह चार दशमलव ४७ प्रतिशत, जीवन बिमा समूह चार दशमलव ०९ प्रतिशत, निर्जीवन बिमा समूह दुई दशमलव ८४ प्रतिशत, जलविद्युत् समूह दुई दशमलव ४६ प्रतिशत, लघुवित्त समूह दुई दशमलव ३६ प्रतिशत, विकास बैंक समूह दुई दशमलव १६ प्रतिशत, होटेल समूह एक दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शून्य दशमलव ८८ प्रतिशत र म्युचुअल फन्ड समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख दुई हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको ४५ करोड सात लाख ९१ हजार रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीका सेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीका सेयरधनीहरूमा नेपाल पुनर्बिमा कम्पनी, प्राइम कमर्सियल बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेसनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत् कम्पनी, शिवश्री हाइड्रोपावरलगायत ३० वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।