१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०६:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रङ्नाको विशेष सो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार ०६:३४:००

तामाङ भाषाको फिल्म ‘प्रङ्ना’को ल्होछारको अवसर पारेर आइतबार अष्टनारायण हलमा विशेष सो गरियो । पूर्वगृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सोमा पूर्व कानुन राज्यमन्त्री पर्शुराम तामाङलगायत फिल्मका कलाकार तथा प्राविधिकको उपस्थिति थियो ।

राजकिङ वाइबाको निर्देशनमा बनेको फिल्ममा झन्डै अढाई सय वर्षअघि तामाङ समुदायमा रहेको गरिबीलाई चित्रण गरिएको छ । छिमी मम्बा तामाङको कथा र निर्माण रहेको फिल्म रसुवा, धादिङ र नुवाकोटआसपासमा खिचिएको हो । फिल्ममा राजकिङ वाइबा, लीला थिङ तामाङ, जोङबा कान्छा तामाङ, बिगेन्द्र वाइबा, बनु लोप्चन तामाङ, सोनी वाइबा, बुद्धिमान तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।