१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १९ आइतबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १९ आइतबार ०५:५३:००

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले  नववर्ष २०२१ को अवसरमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याक दिने भएको छ ।

कम्पनीले क्यासब्याक रिचार्जकर्ताले आफ्नै मोबाइल नम्बरका लागि गरेको रिचार्जमा मात्र लागू हुने गरी योजना ल्याएको हो  । क्यासब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आइएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुने जनाएको छ ।

त्यस्तै, विभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक उपयोगकर्ताले प्रतिमहिना १ सय रुपैयाँसम्म क्युमुलेटिभ क्यासब्याक पाउन सक्नेछन् ।