मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १८ शनिबार १९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले बोली फेर्नु भयो, नेकपा र सूर्य चिह्न हामीसँगै रहन्छ : नेता भट्टराई

Read Time : < 1 मिनेट
२०७७ पौष १८ शनिबार १९:३८:००

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा प्रचण्ड–माधव समूहले गरेको विरोधसभामा भट्टराईले भने ‘संविधान बनाउने वेला प्रधानमन्त्रीजीले प्रधानमन्त्रीले कुनै वेला छडी चलाउन सक्छ । त्यसैले, प्रतिनिधिसभा विघटनको त्यो छडी दिनु हुँदैन । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिन हुँदैन भनेर बहस गर्नुभयो’, उनले भने, ‘त्यही प्रावधान संविधानसभाले संविधानमा राख्यो । आज भन्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई यो अधिकार छ ।’ 

नेता भट्टराईले दलसम्बन्धी कानुनका आधारमा पार्टीको नाम, सूर्य चिह्न र झन्डा आफूहरूले पाउने दाबी गरे । ‘दलसम्बन्धी कानुनले सूर्य चिह्न, झन्डा र पार्टीको नाम कसैको हातमा जाँदैन । हामीसँगै रहन्छ । तपाईंहरू ढुक्क हुनुहोस्’, उनले भने, ‘यदि यो कानुन गलत छ भने अर्को कानुन देखाऊ ।’

केपी ओली फेरि फर्किएर आए आफूहरू माफी दिन तयार भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईं भड्खालोमा जाँदै हुनुहुन्छ । फर्कनुहोस् । तपाईंलाई हामी माफी दिन तयार छौँ । तपाईंजस्तो हामीबाट निषेध गर्ने काम हुँदैन’, उनले भने, ‘आउनुस् एकपटक पार्टीलाई एक ढिक्का बनाएर अघि बढौँ । दुई वर्ष मिलेर पार्टी र सरकार चलाऔँ । फेरि पार्टीको बहुमत आउँछ ।’ 
उनले केपी ओलीलाई जे मन लाग्यो त्यही नगर्न चुनौती पनि दिए । उनले ओलीले पार्टीको बैठकबाट भागेर कार्यकर्ता र देशलाई धोका दिएको दाबी गरे । उनले ठूलो जेट विमानको एक पाइलटले विमान दुर्घटना गराएको दाबी गरे । पूर्वमन्त्री भट्टराईले ओलीलाई राजनीतिबाट विश्राम लिएर आराम गरेर बस्न सुझाब दिए । ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो’, उनले भने, ‘ओलीलाई अब आराम गर्न तपाईं कार्यकर्ताले सुझाब दिनुस् ।’