१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १८ शनिबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपाको ३ बजे पत्रकार सम्मेलन, आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १८ शनिबार १२:४२:००

संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न लागेको छ ।  

आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएको थियाे । आज ३ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रम घोषणा गर्ने पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।  

यसअघि नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो । पुस १७ मा सबै प्रदेशका बैठकसमेत सम्पन्न भएका थिए ।आज संघर्ष समितिको बैठक दुई बजे बस्ने र त्यसपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समिति संयोजक नारायणकाजी श्रेष्ठले बताए । 
 
नेकपाले यो बीचमा कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरेपनि कांग्रेसकभित्र स्पष्ट मत जुट्न नसक्दा नेकपाले एक्लै आन्दोलन गर्ने भएको हो।

संसद् पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने नेकपाले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ । संविधान र लोकतन्त्रविरोधीलाई असफल गर्न संघर्षको विकल्प नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।