मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १८ शनिबार ०६:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १८ शनिबार ०६:११:००

ग्लोबल आइएमई बैंक लिमिटेड शनिबार स्थापनाको १४औँ वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको १३ वर्षमा विभिन्न क्षेत्रमा नेपालकै ठूलो तथा मजबुत बैंक बनेको सन्देश दिँदै १४औँ स्थापना दिवस मनाउन लागेको हो । 

बैंकको १४औँ वार्षिक उत्सवका अवसरमा शुभकामना दिँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएकाले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिका आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने उनको भनाइ थियो । अध्यक्ष ढकालले भने, ‘विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर–एक्विजिसनपछि बैंकको पुँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संसाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको छ ।’

शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिसनपछि अहिले बैंक देशकै एक उत्कृष्ट, सबल र मजबुत बैंक बनेको बताए । उनले भने, ‘मर्जरपछि धेरैजसो सूचकहरूमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकका रूपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ ।’

 बैंकको हाल चुक्ता पुँजी १९ अर्ब रुपैयाँ रहेको छ । आव ०७६÷७७ को प्रस्तावित १४ प्रतिशत बोनस सेयरपश्चात् चुक्ता पुँजी करिब २१ अर्बभन्दा बढी हुने जनाइएको छ । सञ्चित कोषसमेत गरेर बैंकको प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २ सय ६४ शाखा, २ सय ४० एटिएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, १ सिडिएस क्लियरिङ काउन्टरसहित २३ राजस्व कलेक्सन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालय गरी ७ सय ९७ सेवाकेन्द्रबाट सेवा प्रदान गरिरहेको जनाइएको छ । त्यसैगरी, बैंकले एक दर्जनभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ ।