Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशमा स्थिरता र स्थायित्व कायम गर्न संसद् विघटन : गृहमन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १६:४३:००

गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघटन गरेको बताएका छन् ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपानिकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद् विघटन गरेको बताएका हुन्। 

सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको बताए । उनले भने, ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने, संसद्लाई विघटन गर्ने, यो संवैधानिक हो कि असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो कि अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

संसद् विघटन भएसँगै पार्टीभित्रको एउटा पक्ष संसद् पुनर्स्थापनाको माग गर्दै पार्टीबाट अलग भएकोसमेत बताए । तर, पहिलाको संसद्ले स्थायित्व ल्याउन सक्छ या नयाँ संसद्ले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एकढिक्का गरेर जवाफ दिनुपर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए ।