मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १९:३७:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १९:३७:००

भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन् ।   

बिरामीलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको बताइएको छ ।  मृत्यु भएका वा बिरामी भएकाले स्थानीय एक पसलबाट लगेको मदिरा सेवन गरेका थिए । यसैबीच उत्तराखण्डको स्थानीय सरकारले केही सरकारी अधिकारी र चार जना प्रहरीलाई घटनासँग सम्लग्न रहेको आरोपमा अनुसन्धानका लागि निलम्बन गरेकाे छ । रासस