Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार

विद्यार्थी पढाउँदै प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १०:२६:००

जाजरकोट प्रहरीले लागुपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन सुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन र साइबर अपराधविरुद्ध विद्याथीलाई सचेत गराउन कक्षा सुरु गरिएको डिएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । 

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानि र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा उमेरअनुसारको पाठ्यक्रम बनाएर पढाउन थालिएको डिएसपी सिंहले बताए । 

जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षालगायत विषयमा प्रशिक्षण सुरु गरिएको छ । डिएसपी सिंहले विद्यार्थीलाई सचेतना जगाउने कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रहरी अधिकृतले सहजीकरण गरिरहेको बताए । 

समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका खेल्ने डिएसपी सिंंहको भनाइ छ । 

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षा बढेको प्रहरी बुझाइ छ । यसकारण समाजमा अपराध र असुरक्षा बढिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीको आग्रह छ । 

विकृति कम हुने अपेक्षा
प्रधानाध्यापक तिलकबहादुर खत्रीले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा रहन सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रहरीको कार्यक्रमले आफूहरूले धेरै ज्ञान आर्जन गरेको त्रिभुवन माध्यमिक विद्यालय कक्षा ८ की छात्रा लक्ष्मी खत्रीले बताइन् । उनले भनिन्, ‘हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन, यो कार्यक्रममा धेरै ज्ञान आर्जन आयो, फेसबुकमा के लेख्ने, के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।’