१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटन फासीवादी कदम : २३ राजनीतिक संगठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:१६:००

विभिन्न २३ राजनीतिक संगठनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई ‘प्रतिगामीउन्मुख फासीवादी कदम’ भएको निष्कर्ष निकालेका छन् । उनीहरूको बैठकले प्रधानमन्त्री ओलीको उक्त कदमको विरोधमा १९ पुसमा विरोध प्रदर्शन गर्ने निर्णय पनि लिएको छ । 

विरोध प्रदर्शनमा राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्रसम्बन्धी विषय पनि उठाइने २३ राजनीतिक संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा छ । कार्यगत गर्ने २३ राजनीतिक संगठनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।