मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १६ बिहीबार १६:३८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा फेरि हरियाली, नेप्से दोहोरो अंकले बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १६ बिहीबार १६:३८:००

केही दिनदेखि सुस्ताएको सेयर बजारमा फेरि हरियाली छाएको छ । कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि भएसँगै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । यस्तै  ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यसअघि बुधबारको कारोबारमा सेयर कारोबार रकम चार अर्ब रुपैयाँमा सीमित भएको थियो । बिहीबार भने बढेर साढे पाँच अर्बभन्दा बढीको कारोबार भएको छ । दिनभर भएका ५० हजार तीन सय ८६ कारोबारबाट दुई सय सात कम्पनीका एक करोड १४ लाख ६४ हजार दुई कित्ता सेयर किनबेच भएका छन् ।

नेप्सेमा कारोबार हुने निर्जीवन बिमा समूहबाहेक सबै समूहमा हरियाली देखिएकाे छ।