मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १४ मंगलबार १४:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले संविधानमाथि बलात्कार गरे : खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १४ मंगलबार १४:५१:००

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि बलात्कार गरेको बताएका छन् । 

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री लोकतन्त्रविरोधी नेता भएको बताए । 

उनले नेताका रूपमा केपी ओली एउटा गुटको मात्र नेता भएकाे पनि आरोप लगाए । उनले बालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मन लाग्छ त्यही गरेको बताए ।

उनले आधिकारिक नेकपा आफ्नो समूह नै भएको बताए । 

लामो समयदेखिको आन्दोलनपछि प्राप्त भएको राजनीतिक अधिकार प्रधानमन्त्री ओलीले एकाएक ध्वस्त पार्न लागेको बताए । 

उनले ओलीमाथि पहिलेदेखि नै आशंका रहेको बताए । सोही कारण उनीबाट विश्वासघात भएको उनको ठहर छ ।