Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थलमा तस्करीको सुन र नगदसहित दुई युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार १५:१०:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्रोत नखुलेको सुन र नगदसहित दुई युवक पक्राउ परेका छन् । नुवाकोट शिवपुरीका प्रह्लाद थापा र धादिङ मैदीका अर्जुनप्रसाद थपलियालाई प्रहरीले पक्राउ गरेको हो । 

थापासँग  ५० ग्राम सुन र चार लाख ३७ हजार नगद तथा थपलियासँग ५० ग्राम सुन र चार लाख ४० हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ । विदेशबाट आउने युवालाई प्रयोग गरी उनीहरूले सुन तस्करी गरेको प्रहरी अनुमान छ । 

दुवैजनामाथि थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन बुझाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाले बताए ।