१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार ११:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

ढुंगालाई हीरा भन्दै बेच्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार ११:०७:००

नक्कली हीरा बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले लमजुङबाट दुईजनालाई पक्रेको छ । हीराजस्तै देखिने वस्तु (ढुंगा) लाई सक्कली हीरा भन्दै बेच्ने बेँसीसहर नगरपालिका–११ चितिका ५८ वर्षीया सावित्री सिलवाल जोशी र बेँसीसहर नगरपालिका–३ दनाईगाउँका २० वर्षीय आशिक दनाईलाई पक्रेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूले बेँसीसहर नगरपालिका– १० का ५९ वर्षीया कौमाया गुरुङ र सोमबहादुर गुरुङलाई हीरा भन्दै सेतो रङको ढुंगा बिक्री गरेको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए । पीडितले जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । सावित्री र आशिकले २ पुसमा बेँसीसहर नगरपालिका–१ को चिप्लेटीमा सो ढुंगालाई ३ लाख रुपैयाँमा बिक्री गर्न बोलकबोल गरेको प्रहरीको भनाइ छ । तर, पीडितसँग तत्कालै सबै पैसा नभएपछि पछि दिने सर्तमा ५० हजार रुपैयाँ लिएका रहेछन् । 

उनीहरूले हीरा आफूहरूले नै बढी मूल्यमा बिक्री गरिदिने आश्वासन दिएपछि सावित्री सिलवाल जोशीलाई पीडितले ५० हजार रुपैयाँ पुनः पठाएको बताए । अभियुक्तले सो ढुंगा १०/१२ लाखमा बिक्री गरी दिने प्रलोभन देखाएको पीडित कौमाया गुरुङले बताइन् ।