मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १३ सोमबार ०२:२२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ : घनश्याम भुसाल (भिडियो अन्तर्वार्ता)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १३ सोमबार ०२:२२:००

जननिर्वाचित प्रतिनिधिसभा विघटन देशका लागि एउटा भयानक राजनीतिक भूकम्प हो, त्यो भूकम्पलाई पछ्याउँदै अनेक परकम्पहरू आइरहेका छन्, आउने क्रम जारी छ । यसबीचमा ऐतिहासिक जनमत भएको सत्तारूढ नेकपा विभाजित भएको छ । त्यति मात्र होइन, सातमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ, ती सरकारका मुख्यमन्त्री पनि अस्तित्व रक्षाको संघर्षमा छन् । हिजो केपी ओलीसँग एउटै मन्त्रिपरिषद्मा भएका नेताहरू आज सडकमा नारा लगाउने अवस्थामा छन् भने संसद् विघटन गरेकोमा ओलीको विरोध गर्ने नेताहरू शीतलनिवास पुगेर मन्त्रीको शपथ खाएका छन् । यो विषय कतिपयका लागि घोचक लाग्न सक्छ, तर कतिपयका लागि रोचक पनि । तर, यो तात्कालिक घटना मात्र होइन, यो हाम्रो राजनीतिक संस्कार, संस्कृति र सिंगो देशको भविष्यसँग जोडिएको विषय हो । यो विषयमा गम्भीर बहस हुनु जरुरी छ । यही विषयमा पूर्वमन्त्री, पूर्वसांसद तथा नेकपा नेता घनश्याम भुसालसँग नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले गरेको संवाद :