मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १०:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कब्जियत भएमा ...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २७ आइतबार १०:४१:००

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधि प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । 
- एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।
- कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ ।  मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ ।
- अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । त्यसैगरी, दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।