मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १२ आइतबार १२:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन : मन्त्री साह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १२ आइतबार १२:३३:००

नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन रहेको बताएका छन् ।

आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको बताएका हुन्।

सहरी विकास मन्त्रालयले पनि निर्वाचनकेन्द्रित काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए।

सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ ।  ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचनकेन्द्रित गरेर गर्छौँ । यो वर्षको बजेट आइसकेको छ,’ उनले भने, ‘निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउने, भइरहेको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने, राष्ट्रको अगाडि मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रित हुन्छौँ ।’

मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए ।