१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ११ शनिबार २०:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेलको आग्रह–ओलीले सहीसलामत चुनाव गराउँदैनन्, जनप्रदर्शनमा उत्साहजनक सहभागी बनौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ११ शनिबार २०:०६:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सहीसलामत चुनाव नगराउने भन्दै देशव्यापी जनप्रदर्शनमा उत्साहजनक सहभागी बन्न आग्रह गरेका छन् । 

उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘अब हामीलाई उहाँ (प्रधानमन्त्री)ले देशमा सहीसलामत चुनाव गराउनुहुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्याई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु । अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस् भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ।  सम्पूर्ण साथीहरूलाई उत्साहजनक सहभागिताका लागि अनुरोध गर्दछु ।’

पौडेलले ओलीको संविधानवाद र लोकतन्त्रउपर विश्वास नदेखिएको समेत बताएका छन् । उनले भनेका छन् ‘उहाँ (ओली)ले हालै लगातार चालेका तीनवटै कदम संविधानको मर्म र भावनाविपरीत छन् । अध्यादेशद्वारा संवैधानिक परिषद्को ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरू आफूअनुकूल बनाउने लुकीचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदैनदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरि कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गर्नुभयो ।’