मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष ११ शनिबार १४:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनकाे पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले फुटाए 

Read Time : < 1 मिनेट
२०७७ पौष ११ शनिबार १४:०७:००

नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले लुकेर लगाएको ताला केहीबेरमै प्रचण्ड–नेपाल समूहका युवा कार्यकर्ताले फुटाएका छन् । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहका कार्यकर्ता बिहान ताला लगाएका थिए । 

पार्टी कार्यालयमा कोही नभएको मौका छोपेर ओली पक्षधर युवा नेताहरूले ताला लगाएको र थाहा पाउनासाथ ताला फोरेको नेकपाका जिल्ला सचिवालय सदस्य एवं युवा संघ चितवनका फ्याक्सन इन्चार्ज प्रकाश ढुंगानाले बताए । 

‘कार्यालयमा कोही नभएका वेला गरिएको तालाबन्दी अनैतिक हो’, उनले भने, ‘यो नेकपाको पार्टी कार्यलय हो । यहाँ बसेर छलफर गर्न सकिन्छ, तर लुकेर ताला लगाउनु ठीक भएन ।’ उनले नेकपाको  वैधानिकता आफूहरूसँग रहेको बताउँदै उनले पार्टी कार्यलय आँखा नलगाउनसमेत आग्रह गरे । नेकपा ओली तथा प्रचण्ड–नेपाल समूह दुई पक्षमा बाँडिएपछि विभिन्न पार्टी कार्यालयहरूमा इतर समूहले तालाबन्दी गर्दै आएका छन् । 

अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्य भने साबिक एमालेको पार्टी कार्यालय रहेको मदन–आश्रित भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकाले ताला लगाइएको बताएका थिए । 

अहिले पार्टी कार्यलयमा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताको उपस्थितिमा आगामी रणनीतिका विषयमा छलफल हुँदै छ भने पार्टी कार्यालय वरिपरि सुरक्षाकर्मीहरूले समेत सुरक्षा प्रदान गरिरहेका छन् ।