मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १० शुक्रबार १४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १० शुक्रबार १४:५५:००

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले शुक्रबार साँझ ६ बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । यसबीचमा सातजना मन्त्रीले संसद् विघटनको विरोधमा सामूहिक राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चलेकाे छ । नेकपा ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार अब सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार गर्ने बताएका थिए ।