मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष १० शुक्रबार ०७:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावमा गएर फुटवादी र अवसरवादीलाई परास्त गर्नुपर्छ : बादल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष १० शुक्रबार ०७:१३:००

ओली पक्षको बिहीबारको केन्द्रीय कमिटी बैठकबाट त्यस समूहमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादलले चुनावबाटै फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताएका छन् ।

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ, अब चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ,’ बादलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरू (प्रचण्ड–माधव समूह)को ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ, उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ ।’ प्रधानमन्त्री ओली राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएका कारण पनि आफूले समर्थन गरेको बताएका थिए ।

‘कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ दिन म यहाँ उपस्थित भएको हुँ,’ बादलको भनाइ थियो, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउनेछ ।’ बादलले ओली समूहलाई समर्थन गरे पनि उनीनिकट अधिकांश नेता भने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।