मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १० शुक्रबार ०७:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण पदमार्गका होटेल सुनसान

Read Time : < 1 मिनेट
२०७७ पौष १० शुक्रबार ०७:०१:००

चिसो अत्यधिक बढेपछि अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घटेका छन् । पर्यटक घटेसँगै पदमार्ग क्षेत्रका होटेल पनि सुनसान हुन थालेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनले भने, ‘कोरोनाका कारण प्रभावित बनेको पर्यटन व्यवसाय चिसो बढेपछि झनै प्रभावित भएको छ ।’

मनाङमा फाट्टफुट्ट मात्रै आन्तरिक पर्यटक पुगेका छन् । पर्यटन व्यवसायी गुरुङले भने, ‘यस वर्ष कोरोनाका कारण विदेशी पर्यटक मनाङ नपुगे पनि आन्तरिक पर्यटक भने मनाङ पुगेका थिए । अहिले चिसो बढेकाले मनाङ पुग्ने पर्यटकमा कमी आएको हो ।

पर्यटक आउन कमी भएसँगै मनाङका माथिल्लो क्षेत्रका केही व्यवसायी जाडो छल्न बेँसी झरेका छन् ।’ मनाङ गाउँमा मात्र २२ वटा पर्यटकस्तरीय होटेल छन् । गुरुङ आफैँ पनि यती होटेलका सञ्चालक छन् । अहिले पर्यटक घटेपछि पदमार्गका होटेलहरू सुनसान देखिन थालेका छन् ।

पर्यटकका लागि यो उपयुक्त समय होइन । तर, हिमाली क्षेत्रको दृश्यावलोकन हेर्न मन पराउने पर्यटक भने अफसिजनमा पनि मनाङ पुग्ने गर्छन् । चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेका अनुसार चिसो मौसममा सदरमुकाम चामेमै बस्नलाई पनि समस्या छ । उनका अनुसार हाल भित्रिएका पर्यटक चिसोका कारण अधिकांश चामे वा तल्लो क्षेत्रमा घुमेर फर्कने गरेका छन् । मनाङमा बिहानीपख तापक्रम माइनस ९ डिग्रीसम्म झरेको छ ।