मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष ८ बुधबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध वीरगन्जमा जसपाको प्रदर्शन 

Read Time : < 1 मिनेट
२०७७ पौष ८ बुधबार १५:२५:००

जनता समाजवादी पार्टी पर्साले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत अचानक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रदर्शन गरेको हो । 

जनता समाजवादी पार्टीको केन्द्रीय निर्देशनअनुसार बुधबार दिउँसो १२ बजे वीरगन्जको घन्टाघर चौकमा जसपाका नेता कार्यकर्ताहरूले केपी ओलीविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले विरोध प्रदर्शनपछि नगर परिक्रमा गरेर पुनः घन्टाघरमा नै आएर कोणसभा गरेका थिए । 

कोणसभालाई सम्बोधन गर्दै नेताले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रमाथि हामला र संविधानको मर्यादा समाप्त पाएको बताएका थिए । उनीहरूले प्रतिनिधिसभा विघटन फिर्ता नलिए देशभर आन्दोलन सुरु हुने चेतावनी दिएका छन् । 

विरोध प्रदर्शनमा बोल्दै जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले मधेस आन्दोलनदेखि मधेशविरोधी केपी ओली यो घटनाले देशको पनि ठूलो विरोधी भएको बताए । 

प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गरेपछि जसपाका नेताहरूले सोही दिनदेखि लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् । विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्यहरू प्रदीप यादव, निजामुद्दिन समानी, रमेश कुर्मी, हरिनारायण रौनियार, जिल्ला अध्यक्ष रामनेरश यादवलगायतको सहभागिता थियो ।