Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ८ बुधबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ८ बुधबार १२:२९:००

संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटको सुनुवाइ सुरु भएको छ।

संसद् विघटनविरुद्ध परेका १२ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । १२ मध्ये तीनवटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ।

कञ्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओलीलगायतले दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ।

प्रधानमन्त्री केपी ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन्।

संसद् विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाई सर्वोच्चमा एक दर्जन रिट परेका छन् ।