विश्व
कोरोना भाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण
Read Time : < 1 मिनेट
२०७७ पौष ७ मंगलबार १५:५९:००
कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छन् कि गर्दैनन् भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन् ।
बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्नेबारेमा एक सातामा मात्रै यकिन हुने जनाइएको छ । ‘अहिलेसम्मको विश्लेषणअनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,’ मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
यसबारेमा थप विवरण भने आगामी साता जानकारी दिइने वक्तव्यमा उल्लेख छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।