मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष ७ मंगलबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको पार्टी कार्यालयमा ओली पक्षले लगायाे ताला

Read Time : < 1 मिनेट
२०७७ पौष ७ मंगलबार १४:५८:००

काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला लगाएका छन् । 

उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।

प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनमा लागेपछि ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विवाद जिल्लासम्म आइपुगेको छ ।

जिल्लामा नेकपाका पार्टी इञ्चार्ज गोकुल बाँस्कोटालगायत केपी पक्षमा रहेका छन् भने पार्टीका अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबा प्रचण्ड–नेपाल पक्षका हुन् । पार्टी कार्यालय प्रचण्ड–नेपाल पक्षले कब्जा गर्ने देखिएपछि ओली पक्षले पुरानो ताला फुटाएर नयाँ ताला लगाएका हुन् । 

उक्त पार्टी कार्यालय हिजो पनि पूर्वएमालेको थियो आज पनि पूर्वएमालेकै हो र भोलि पनि एमालेकै रहने नेकपाका जिल्ला सदस्य अधिकारीले बतााए । ‘यो पार्टी कार्यालय हिजो हामीले दुःख गरेर बनाएका हौँ । हिजो पनि हाम्रो थियो, आज पनि हाम्रै हो र भोलि पनि हाम्रै हो,’ अधिकारीले भने, ‘केही नेकपाका साथीहरू फुटेर जाने संकेत देखिएकोले हामीले पार्टी कार्यालय जोगाउन ताला लगाएका हौँ ।’

नेकपाको पार्टी कार्यालय पूर्वएमालेको पार्टी कार्यालय थियो । पूर्वमाओवादी केन्द्र र पूर्वनेकपा एमाले एक भएपछि उक्त कार्यालयलाई नेकपाको जिल्ला पार्टी कार्यालय कायम गरेको थियो ।  

नेकपाका जिल्ला सचिव टोकबहादुर वाइबाले आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताए । यदि कब्जा गरेको भन्ने हल्ला हो भने कसैले कब्जा गरेर पार्टी कार्यालय कब्जा नहुने बताए । ‘खासै मलाई त्यस विषयमा जानकारी आएको छैन । कसैले पार्टी कार्यालय कब्जा गर्दैमा कब्जा हुँदैन । कब्जा गर्नका लागि विधि र प्रक्रिया होला नि,’ लामाले भने ।