मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष ६ सोमबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री व्यवस्थाविरोधी र अस्थिरताको मतियार : जमकट्टेल

Read Time : < 1 मिनेट
२०७७ पौष ६ सोमबार १६:४३:००

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं बागमती प्रदेश नेकपा संसदीय दलका उपनेता शालिकराम जमकट्टेलले प्रधानमन्त्री केपी ओली व्यवस्थाविरोधी र अस्थिरताको मतियार भएको आरोप लगाएका छन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै मन्त्री जमकट्टेलले प्रधानमन्त्री व्यवस्थाविरोधी र अस्थिरताको मतियार भएको आरोप लगाए । ‘अहिलेको व्यवस्थाप्रति जनतामा अविश्वासको सिर्जना गराउने काम भएको छ,’ उनले भने, ‘यो संविधानविपरीत नै हो, यसमा दुईमत छैन ।’ 

उनले ओलीलाई पाँच वर्ष निरन्तर सरकार सञ्चालन गर्न कसैले नरोकेको दाबी गरे । पार्टी र सरकार दुवैमा आफ्नो रवाफ कम हुँदै गएपछि ओलीले आवेगमा आएर कदम चालेको मन्त्री जमकट्टेलको भनाइ छ । 

‘जनादेशविरुद्ध गएर प्रतिनिधिसभा विघटन गरिनु गलत हो । परिवर्तनकारी, गणतन्त्र पक्षधर र देशमा स्थिरता चाहनेहरू एक हुनुपर्ने समय आएको छ,’ उनले भने ।