१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ६ सोमबार १४:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुवैतिरको अतिले पार्टी फुटको दिशातिर गयो, म एकताकै प्रयासमा छु : गृहमन्त्री थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ६ सोमबार १४:०२:००

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुवैतिरको अतिवादको कारण पार्टी फुटको दिशामा गए पनि आफू अझै एकताकै पक्षमा क्रियाशील रहेको बताएका छन् ।

मन्त्रीनिवास पुल्चोकमा आफूनिकट दुई दर्जन केन्द्रीय नेताहरूको भेलामा बादलले त्यस्तो बताएका हुन् ।

उनले देशी–विदेशी प्रतिक्रियावादीहरूले नेकपा विभाजनका लागि कोसिस गर्दै आएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहले उनीहरूको चाहनालाई पूरा गर्ने गरी पार्टी विभाजन गर्न खोजेको बताएको एक केन्द्रीय सदस्यले बताए ।

भेलामा उनले प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावमार्फत हटाउने प्रयास र प्रतिनिधिसभा विघटन गर्ने उनको कदम दुवै बेठीक भएको बताएका थिए ।

‘पार्टी फुटको दिशामा जानुहुन्नथ्यो, तर देशी–विदेशी प्रतिक्रियावादी खुसी बनाउने खेलतिर दुवै पक्ष लाग्दा अहिलेको अवस्था आयो, वास्तवमा प्रधानमन्त्रीलाई हटाउन गरिएको हस्ताक्षर र त्यसको प्रतिक्रियामा प्रतिनिधिसभा विघटन गर्ने दुवै कदम अतिवादी हो र दुवै बेठीक छ,’ बादलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, म अझै एकताका लागि कोसिस गरिरहेको छु । सबैको भावनाअनुसार उपयुक्त निर्णय लिन्छु, तपाईंहरूलाई निराश बनाउँदिनँ ।’

भेलामा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसालसहित बहुमत केन्द्रीय सदस्यहरूले विघटनको कदमलाई साथ दिने कुरा प्रतिगामी भएकाले प्रचण्ड–नेपाल समूहमा खुल्न दबाब दिएका थिए ।

तर, लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीसहित केही केन्द्रीय सदस्यले भने अहिलेको कदमलाई एकतर्फी ढंगले विश्लेषण गर्न नहुने भन्दै ओलीकै पक्षमा खुल्दा उपयुक्त हुन सक्ने संकेतसहितको सुझाब राखेका थिए ।

भेलालगत्तै बादल प्रधानमन्त्री ओलीसँग निर्णायक कुराकानीका लागि बालुवाटार जाने सम्भावना रहेको स्रोतले जनाएको छ ।

जबजबारे ओली र उनीनिकट नेताहरूको प्रस्ट धारणा आएपछि मात्रै बादलले आफ्नो पोजिसन क्लियर गर्ने सम्भावना रहेको उनीनिकट स्रोतको दाबी छ ।

भेलालगत्तै निवासमै पुगेर बादललाई भेटेर अध्यक्ष प्रचण्डले निर्णायक घडीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।