मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल काठमाडाैं
२०७७ पौष ५ आइतबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब के गर्ने भन्नेमा सभामुख परामर्शमा

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७७ पौष ५ आइतबार १५:४३:००

संसद् विघटन भएसँगै सभामुख अग्निप्रसाद सापकोटा सिंहदरबार पुगेका छन् ।

उनले अबको बाटोबारे संसद् सचिवालयसँग सल्लाह गर्दै छन् । उनी संसद्का महासचिव र सचिवहरूसँग सल्लाह गरिरहेका छन् ।

बिहानभरि निवासमै रहेका सापकोटा दिउँसो मात्र सिंहदरबार पुगेका हुन् । संसद् विघटन भएसँगै संविधानको धारा १०३ लाई चासोका साथ हेरिएको छ ।

संविधानको धारा १०३(२) भन्छ, ‘यस संविधानको अधीनमा रही संघीय संसद्को प्रत्येक सदनलाई आफ्नो काम–कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’