मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी
२०७५ माघ २६ शनिबार २१:३०:००
Read Time : < 1 मिनेट
समाचार

भक्तपुरको हनुमन्ते खोलामा बालिकाको शव फेला

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ माघ २६ शनिबार २१:३०:००

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा एक अपरिचित बालिकाको शव वेवारिसे अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालिाको शव सडेगलेको अवस्थामा भेटिएकाले सनाखत हुन सकेको छैन ।

बालिकाको उमेर अन्दाजी आठ बर्षको छ । भक्तपुर परिसरका प्रमुख एसपी हिमालय श्रेष्ठले शनिवार विहान करिब ११ बजेको समयमा शव भेटिएको बताए । उनले भने,‘राधेरोधस्थित खोलामा ए बालिकाको शव वेवारिसे अवस्थामा भेटिएको छ । शवको सनाखत हुन सकेको छैन । घटना सम्वन्धमा अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार शवलाई पोष्ट मार्टम रिपोर्टका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।